क्रेजी साप्ताहिक रौतहट । प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका दुई नेता रौतहटबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा विप्लव समूहका रौतहट जिल्ला सेक्रेटरी सिर्जना शाही र जिल्ला सदस्य दुर्गा बल रहेका छन् ।
चन्द्रपुर नगरपालिका–३, को इपिलघारीबाट उनीहरुलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरका डीएसपी हेमबहादुर शाहीले जानकारी दिए ।