तोलामा ७ सयले बढ्यो सुनको भाउ - Crazysaptahik.com

तोलामा ७ सयले बढ्यो सुनको भाउ


क्रेजी साप्ताहिक काठमाडौं । नेपाली बजारमा सुनको भाउ फेरी बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजार ३ सय र तेजाबी सुनको मूल्य प्रतितोला रु ७६ हजार पुगेको छ ।

स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु ७ सयले बढेको हो । सोमबार र मंगलबार प्रतितोला रु ७६ हजारमा कारोबार भइरहेको छापावाला सुनको मूल्य बुधबार सामान्य घटेर प्रतितोला रु ७५ हजार ६ सय पुगेको थियो । सुनको मूल्य बढेसँगै चाँदीको मूल्यमा प्रतितोला रु १० ले वृद्धि भएको छ । नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला रु ८८० पुगेको छ । यसअघि गत पुस २३ गते नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । सो दिन छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजार ५ सय र तेजाबी सुनको मूल्य प्रतितोला रु ७६ हजार २ सय पुगेको थियो । पछिल्लो समय अन्तर्रा्ष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर उकालो लाग्ने क्रममा छ । विश्वबजारमा मंगलबार सुनको मूल्य प्रतिऔँस एक हजार ५८२ अमेरिकी डलर पुगेको छ ।

सम्बन्धित खवर