क्रेजी साप्ताहिक काठमाडौं । गैंडाको खागसहित दुई जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–८ चावहिलका खब खत्री र बाजुराको बुढीगंगा नगरपालिका–६ का दिनेश थापा रहेका छन् ।
२५ लाखमा गैंडाको खाग खरिदबिक्री हुन लागेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बुधबार साँझ काठमाडौं महानगरपालिका–७ चावहितबाट उनीहरुलाई पक्राउ गरेको हो । खत्री र थापाको शरीर र कोठा खानतलास गरी प्रहरीले एक थान गैंडाको खाग बरामद गरेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।