पथरी जेसीजको ९ औं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम - Crazysaptahik.com

पथरी जेसीजको ९ औं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम

क्रेजी साप्ताहिक
पथरी । पथरी जेसीजको ९ औं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

समारोहमा वर्ष २०२० का अध्यक्ष सन्तोष ढुंगेलले वर्ष २०२१ लागि नव निर्वाचित अध्यक्ष प्रदिप फुयललाई चेन सहित जिम्मेवारी हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पथरीशनिश्चरे नगर प्रमुख दिलिप कुमार राई (किशोर)ले जेसीजले ‘शासन व्यक्तिको हैन विधिको हुनुपर्छ’ भन्ने सिदान्तलाई अंगालेर अघि बढिरहेको कुराको प्रसंशा गर्दै युवाहरूलाई व्यवसायी बन्न आग्रह गर्नुभयो । गेस्ट अफ अनरका रुपमा बोल्दै नेपाल जेसीज वर्ष २०२१ का राष्ट्रिय अध्यक्ष सिनेटर अरुनेश्वर खनालले पथरी जेसीजका नवनिर्वाचित बोर्डलाई बधाई ब्यक्त गर्दै वर्ष २०२१ मा देशव्यापी रुपमा एक जेसीज सदस्य एक व्यक्तिलाई सकारात्मक कुराको प्रवाह गरेर असल नागरिक बनाउने अभियानमा लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा क्षेत्र क निरुपित एवं नेपाल जेसीज वर्ष २०२१ का राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सिनेटर अरुन कुमार दाहाल,उपाध्यक्ष सुनिल तिम्सिना,दिपेन्द्र निरौला,प्रमिशा काफ्ले,महासचिव सिनेटर विकास मानन्धर र कानुनी सल्लाहकार गोकुल सापकोटा लगायत राष्ट्रिय तथा विभिन्न शाखाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।पथरी जेसिस बर्ष २०२१ का लागि अध्यक्षमा फुयाँल सहित कार्यकारीणी उपाध्यक्षमा राजकुमार विश्वकर्मा, गोपाल साँवा साथै उपाध्यक्षमा नारायण प्रसाद दाहाल, सबिन तामाङ, आविस्कार बस्नेत र उज्वल लकान्द्री, सचिवमा निरोज बस्नेत र कानुनी सल्लाहकारमा अनु राई सहितको बोर्ड चयन भएको छ ।

कार्यक्रममा जेसीस अफ द ईयर २०२० को रुपमा राजकुमार विश्वकर्मा सहित वर्षभरि शाखामा उत्कृष्ट कार्य गर्ने पदाधिकारीहरुलाई वर्ष २०२० का अध्यक्ष सन्तोष ढुंगेलले पुरस्कृत गर्नुभएको थियो ।

सम्बन्धित खवर