सेवारो सहकारीको १५ औं वार्षिक साधारणसभा - Crazysaptahik.com

सेवारो सहकारीको १५ औं वार्षिक साधारणसभा

गोविन ल्वागुन
शिवसताक्षी । झापाको शिवसताक्षी–११ को दुधेमा स्थापित सेवारो बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १५ औं वार्षिक साधारणसभा भब्यताको साथ सम्पन्न गरेको छ ।

शनिबार साधारणसभाको शिबसताक्षी नगर उप प्रमुख भोजकुमारी नेपालले उद्घाटन गरिन् । सधारणसभाको उद्घाटन पश्चात् उपप्रमुख नेपालले सेवारो साकोसले सहकारी क्षेत्रमा उल्लेखनीय प्रगति गर्न सफल भएको भन्दै प्रशंसा गर्दै सहकारीले नाफामुखी नभएर सेवा मुखी हुनुपर्ने बताइन् । सबै नगरिकले बचत गर्ने बानीको बिकास गर्नु आवश्यक रहेकोले नगरिक माझ सचेतनासँगै उत्पादन मुलक क्षेत्रमा सहकारीले ऋण लगानी गर्नुपर्ने बताइन् ।

सो अवसरमा संस्थाका अध्यक्ष डिल्लीलाल फेम्बेले २०७७÷०७८ मा ३ करोड ५ लाख १२ हजार १ सय ७६ रुपैयाँ कूल बचत गरी १० लाख ५६ हजार ८ सय ६ रुपैयाँ खुद आम्दानी गर्न सफल भएको वार्षिक प्रतिवेदन प्रस्तुत गरे ।

सो अवसरमा उत्कृष्ट बचतकर्ता श्यमाबिर तामाङ र देउकुमार लिम्बु, उत्कृष्ट ऋणी सम्झना राई र कपिल राजबंशी, उत्कृष्ट बाल बचतकर्ता त्रिया केदेम र आविष्कार खनाल, असल कर्मचारी पूर्णमाया राई, पूर्व संचालक साबित्रा लिङ्देन र पूर्व अध्यक्ष धनबहादुर राई लाई सम्मनपत्रद्वारा सम्मानित गरिएको थियो भने पूर्ब निमित्त व्यवस्थापक टेकनाथ रिमाललाई नगद १२ हजार सहित सम्मान पत्रद्वारा सम्मान गरिएको संस्थाका व्यबस्थापक सुजन राईले जानकारी गराए ।

सम्बन्धित खवर