लर्डबुद्ध साकोसद्वारा रक्तदान कार्यक्रम - Crazysaptahik.com

लर्डबुद्ध साकोसद्वारा रक्तदान कार्यक्रम

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे–२ बुद्धचौकमा स्थापित लर्ड बुद्ध साकोसले सोमबार खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

साकोसले हरेक वर्ष झैं यस वर्ष पनि कार्यालय परिसरमा रक्तदान गरेको हो । नेपाल रेडक्रस सोसाइटी विराटनगरको प्राविधिक सहयोगमा भएको रक्तदानमा ७६ प्रिण्ट रगत संकलन भएको संस्थाका अध्यक्ष धनराज राई (अमिर)ले जानकारी गराउनुभयो ।

रक्तदान गर्नुहुने महानुभावहरू तथा रक्तदान गराउन सहयोग गर्नुहुने संघ संस्थाहरूप्रति संस्थाको तर्फबाट अध्यक्ष राईले हार्दिक आभार व्यक्त गर्नुभयो ।

सम्बन्धित खवर