नेपाल मगर संघ पथरीशनिश्चरेद्वारा शुभकामना आदान प्रदान, सम्मान तथा साँस्कृतिक कार्यक्रम - Crazysaptahik.com

नेपाल मगर संघ पथरीशनिश्चरेद्वारा शुभकामना आदान प्रदान, सम्मान तथा साँस्कृतिक कार्यक्रम

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरेमा माघे संक्रान्ती राष्ट्रिय पर्व तथा शार ल्हेसा –२०७८ शुभकामना आदान प्रदान, सम्मान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल मगर संघ पथरीशनिश्चरे मोरङको आयोजनामा आज (शनिबार) भएको सो कार्यक्रममा सामुहिक हुर्रा मगर भाषाको नृत्य, झ्याउने भाकाको नृत्य, विभिन्न खेलकुद र सम्मान कार्यक्रमहरु गरिएको थियो ।

कार्यक्रममा हर्कबहादुर आले मगर, माया पाङ्गमी आले मगर, विजय मगर र शेरबहादुर आले मगरलाई कार्यक्रमका प्रमुख अतिथि नगरका उपप्रमुख यमुना बिष्ट बास्तोला, विशिष्ट अतिथि पथरी उद्योग वाणिज्य संघका अध्यक्ष धनकुमार तामाङ, अतिथि वडा अध्यक्ष डम्बर चेम्जोङले संयुक्त रुपमा सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

यस्तैगरी छिटो खाने खेलमा क्रमशः प्रथम एनिङका राना, दोस्रो पुनम जर्घा मगर, तेस्रो उर्मिला मगरलाई पुरस्कार प्रदान गरिएको थियो । मसिना केटाकेटीहरुतर्फ स्पोन रेसमा क्रमशः प्रथम, दोस्रो र तेस्रो हुनेहरु क्रिष्टिना मगर, सस्मा सारु मगर र सुमिदी पुलामी मगरलाई पनि पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रम आयोजकका अध्यक्ष टंक राना मगरको अध्यक्षता तथा सचिव खगेन पुलामी मगरको सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत नृत्य मायाको घर कलेजमा (जस्मिन, विनिता, निशा लगायतको नृत्य, डाँडा घरे साइली बोलको गीतमा कृष्टिना लामिछाने मगरको नृत्य, एलिना, हेलिना, मिस्मीको झ्याउने भाकाको नृत्य, रविन मगरको गायन र डान्स ग्यलरी टिमको आकर्षक नृत्यले उपस्थित दर्शकहरुले भरपुर मनोरञ्जन लिएका थिए ।

सम्बन्धित खवर