जरोकिलो पार्टिको नगर सम्योजकमा खत्री - Crazysaptahik.com

जरोकिलो पार्टिको नगर सम्योजकमा खत्री

क्रेजी साप्ताहिक
पथरी –
मौलिक जरोकिलो पार्टी प्रदेश नम्बर–१ ले मोरङको पथरीशनिश्चरेमा नगर समिति गठन गरेको छ । आईतबार पथरीशनिश्चरेमा स्थापीत मनोहर होटल एण्ड पार्कको सभा हलमा आयोजित भेला बाट १५ सदस्यीय नगर समिति गठन गरेको हो ।

समितीको संयोजक उमेश खत्री, उप–संयोजक इन्द्रबहादुर पौडेल सदस्यहरुमा निलममणि बस्नेत, डम्बरबहादुर खड्का, तारा चौहान, लक्ष्मी खत्री, निशान माझी, बमबहादुर बोहोरा, बिना श्रेष्ठ, नवराज राई, रुपनारायण पौडेल, सारदा पौडेल, गणेश पौडेल र भरत तामाङ सर्वसम्मत चयन भएका थिए ।

नेपालका मौलिक रैथाने धर्म, संस्कार, संस्कृति, सभ्यताको संरक्षण, संवर्धन प्रवर्धन गर्ने, संकटको संक्रमणबाट नेपाललाई मुक्त गराउने, नेपललाई मानव बिकास, आधारभुत संरचनागत विकास, विज्ञान प्रविधि आदिका मानवबाट विश्वका विकासित देशहरुको समुहमा पुर्याउने र अन्ततोगत्व नेपाललाई नयाँ वैश्विक संरचनाको अग्रणी केन्द्र बनाउने उदेश्य लिएर अघि बढ्दै आएको प्रदेश नम्बर–१ का अध्यक्ष इन्द्रप्रसाद ओलीले बताए ।

कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य नम्रता उप्रेती, प्रदेश नम्बर–१ का अध्यक्ष इन्द्रप्रसाद ओली, सहृदयता अन्तराष्ट्रिय प्रलेश्व विभाग संयोजक उध्व थापाको उपस्तिथि रहेको थियो ।

 

 

सम्बन्धित खवर