गोविन ल्वागुन
शिवसताक्षी । प्रदेश सभा सदस्य झलकसिह दर्लामीले प्रदेश सरकारले कृषि तथा सहकारी क्षेत्रमा किशानको वृद्धि बिकासको लागि विभिन्न शीर्षकमा बजेट विनियोजन गर्दै आएको बताउनुभएको छ ।
शुक्रबार गौरीगञ्ज १ महभरामा रहेको साना किसान कृषि सहकारी संस्थाको १८ आंै वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो । उहाले दक्षिणी भेल्टमा रहेको साना किासन कृषि सहकारीले किसान माझ गरेको प्रगतिको प्रशंसा गर्नुभयो ।
संस्थाले हाल करिब १ बिगाह जमिन खरिद गरि कृषि उपज गोदाम गर निर्माण समेत गरिसकेकोले प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने बताउनुभयो ।
जेष्ठ नागरिक कृषकहरुलाई नगद पुरस्कार सहित सम्मानित गरिएको थियो । यस्तै २०७७ सालको एस इइमा उत्कृष्ट अंक ल्याउने सेयर सदस्यका छोरा छोरीहरु क्रमश निश्चिल काफ्ले र अनुस्का राजबंशीलाई नगद २ हजार ५ सय रुपैयाँले पुरस्कृत गरिएको थियो । सस्थाले १८ औ वर्ष गाँठसम्म आइपुग्दा विभिन्न आरोह अवरोहहरु पार गर्दै हाल प्रदेश सरकार र संसथाको ५०। ५० को साझेदारीमा जम्मा १ करोड ४८लाख २८ हजार लागतमा कृषि उपज संकलन केन्द्र (गोदाम घर) निर्मा० गरिएको छ ।
गोदम घर निर्माणसँगै किसानले उत्पादन गरेको अनाज र कृषि उपजको भण्डारण गर्न सहज भएको किसानहरुले बताएका छन । संसथाले आगमी दिनमा ड्रायल मेसिन, सेलर मिल र कोल्ड सेन्टर संचालनमा ल्यउने लक्ष्य रहेको संसथाले जनाएको छ ।
उक्त कार्यक्रममा गौरीगञ्ज गाउपालीकाका उपाध्यक्ष दिपेन्द्र थापाले पनि पालीकाको तर्फबाट सहयोग गर्दे आएको र त्यसलाई निरन्तरता दिने बताउनुभयो । ,कार्यक्रममा प्रदेश सभासद झलकसिह दर्लामीको स्वकिय सचिब दुर्गा नेम्बाङ लगायतको उपस्थिति रहेको थियो ।