वडा नं. २ मा वृद्ध वृद्धाहरुलाई इलेक्ट्रिक जग वितरण - Crazysaptahik.com

वडा नं. २ मा वृद्ध वृद्धाहरुलाई इलेक्ट्रिक जग वितरण

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. २ ले वडाका वृद्ध वृद्धाहरुलाई इलेक्ट्रिक जग वितरण गरेको छ ।

आज वडा कार्यालयमा १ सय ५० जना ७९ वर्ष नाघेका वृद्ध वृद्धाहरुलाई १.८ लिटरको जग प्रदान गरिएको हो । नगर उप–प्रमुख देवीमाया काफ्लेको प्रमुख आतिथ्यमा जग वितरण गरिएको थियो ।

जाडोको समयमा वृद्ध वृद्धालाई पानी तताएर पिउन सहज होस् भन्ने हेतुले जग बाडिएको वडा अध्यक्ष नैना राईले जानकारी दिनुभयो ।
यसैगरी कार्यक्रममा नगरका जेष्ठ नागरिक अध्यक्ष नेत्रप्रसाद दाहाल, वडा सदस्यहरु र वडावासीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर