क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. २ मा स्थापित लर्ड बुद्ध साकोसको आयोजना रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार संस्थाको कार्यालय हातामा भएको कार्यक्रममा पथरीशनिश्चरेका १ सय जनाले रक्तदान गर्नुभएको थियो ।
सो अवसरमा नेपाल रेडक्रस सोसाइटी उर्लाबारी युनिटको इन्चार्ज प्रकाश राजवंशी सहितको टोलीले प्राविधिक सहयोग पु¥याएको थियो ।
पथरी शनिश्चरे नगरस्थित रहेका विभिन्न निजी तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी, उद्योगी व्यवसायी, सहकारीकर्मीहरु, बुद्धिजीवी, समाजसेवी, पत्रकारहरु सहितले उक्त रक्तदान कार्यक्रममा सहभागी भै ‘रक्तदान ः जीवनदान’ भन्ने नाराका साथ एक एक पिन्टका दरले रगत दान गर्नुभएको संस्थाका अध्यक्ष धनराज (अमीर) राईले बताउनुभयो ।