सुनाखरीद्वारा ‘हाम्रो गाउँ उज्यालो बनाऔं’ अभियान सुरुवात - Crazysaptahik.com

सुनाखरीद्वारा ‘हाम्रो गाउँ उज्यालो बनाऔं’ अभियान सुरुवात

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे १ मा स्थापित सुनाखरी युवा क्लवको अभियान अन्तर्गत ‘हाम्रो गाउँ उज्यालो बनाऔं’ अभियानको सुरुवात गरेको छ ।

आज पथरीशनिश्चरे मिनी महोत्सवबाट संंकलन भएको रकमबाट क्लवले २० वटा आधुनिक स्ट्रिट लाईट जडान कार्य सुरु गरेको हो ।

सामाजिक कार्यमा सधैं सक्रिय क्लबले अभियान अन्तर्गत नै केही दिन अघि न्यानो कपडा ब्याङकेट तथा खेलाडीहरुलाई प्रोस्साहन स्वरुप जर्सी, फुटबल वितरण गरेको थियो ।

अभियान अन्तगत शान्ती सुरक्षाका लागि ६ वटा सीसी टिभी क्यामेरा वडालाई हस्तान्त्रण गर्ने क्लबका सचिव मनि लिम्बुले जानकारी दिए । यस्तै यस कार्यका लागि प्राविधिक सहयोग ओम राई र गंगा लिम्बु गरेका छन् ।

सम्बन्धित खवर