नेकपा एमालेको अगुवा कार्यकर्ता भेटघाट - Crazysaptahik.com

नेकपा एमालेको अगुवा कार्यकर्ता भेटघाट

क्रेजी संवाददाता
पथरी ।
नेकपा एमाले पथरीशनिश्चरे नगरपालिका कमिटीको आयोजनामा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । निवर्तमान सांसद एवम् नेकपा (एमाले) स्थायी कमिटी सदस्य भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा कानेपोखरी गाउँपालिकाका कार्यकर्ताहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी वडाध्यक्ष लगायतका जिम्मेवारको जिज्ञासामा उभिएर नेता ढकालले आजको राष्ट्रिय राजनीति, यसको मियो भागमा आफ्नो पार्टी नेकपा (एमाले) र अगामी कार्यभारका बारेमा प्रकाश पार्नुभएको थियो ।

 

नगर अध्यक्ष रमेश दाहाल र सचिव भीमकुमार राईको सहजीकरणमा सम्पन्न कार्यक्रममा पार्टी केन्द्रीय सदस्य युवराज बास्कोटा, केन्द्रीय सल्लाहकार परिषद् सदस्य सूर्यबहादुर श्रेष्ठ, केन्द्रीय अनुशासन आयोग सदस्य राजमति इङनाम, केन्द्रीय वन तथा वातावरण विभाग सदस्य अर्जुनकुमार क्षेत्री, प्रदेश कमिटी सदस्य देवराज भण्डारी, मोहनप्रसाद तुम्बापो, दिलिपकुमार राई, विजय डाँगी, जिल्ला कमिटी सदस्य भोलाप्रसाद अधिकारी, पार्थबहादुर बुढाथोकी, राजु तिम्सिना, दानबहादुर बस्नेत, नवीन पौडेल, दुर्गादेवी दंगाल सुवेदी, भगतचन्द्र थपलिया, भूपाल श्रेष्ठलगायत स्थानीय विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर