सहकारी कर्मचारी संगठन पथरीशनिश्चरेको १४ औं वार्षिक साधारणसभा - Crazysaptahik.com

सहकारी कर्मचारी संगठन पथरीशनिश्चरेको १४ औं वार्षिक साधारणसभा

क्रेजी संवाददाता
पथरी । पथरीशनिश्चरे नगरपालिकामा अवस्थित सहकारी कर्मचारी संगठन पथरीशनिश्चरे नगर समितिको १४ औं वार्षिक सधारणसभामा सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।

उर्लाबारीको मंगलबारेस्थित बेतेनी सिमसारमा वनभोज सहित साधारणसभामा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेशप्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा र संगठनको अध्यक्ष गणेश बाछाना राईको सभापतित्वमा साधारणसभा भएको थियो ।

संगठनले कन्तुर बहुउदेश्यीय सहकारी संस्था लि.को संस्थापक अध्यक्ष जनक पोखरेललाई सहकारी संस्थाको संस्थापक अध्यक्षको रुपमा सम्मान गरिएको थियो । मोरङ जिल्ला बचत तथा ऋण सहकारी संस्था लि.को बरिष्ठ उपाध्यक्ष एकराज निरौला र सोही संस्थाको लेखा सुपरीवेक्षण समिति संयोजक बिना राई सहकारी अभियान निरन्तरता सम्मानले सम्मान गरिएको थियो ।

यस्तै आरती सहकारी संस्थाका कर्मचारी चण्डिका बराल, मनकामनाका पार्बता बुढाथोकीलाई कर्मचारी निरन्तरता सम्मान, उत्कृष्ट बचत कर्ता आरति सहकारीमा कार्यरत होमकुमारी तिवारी, उत्कृष्ट ऋण कारोबारमा बिशाल बचत तथा ऋण सहकारी संस्थाका अर्पणा देवानलाई कदर पत्र प्रदान गरिएको थियो ।

पथरीशनिश्चरे नगरमा रहेर २०७९ भदौदेखि मंसिरसम्म नयाँ निर्वाचित पाँचवटा सञ्चालक तथा लेखा समितिलाई बधाई शुभकामना पत्र प्रदान गरिएको थियो ।

संगठनको आर्थिक बर्ष २०७९/०८० को कार्ययोजना सचिव कल्याण बजगाई र कोषाध्यक्ष ईन्दिरा बुढाथोकीले आर्थिक प्रदेवेदन तथा प्रस्तावित बजेट प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि रमेशप्रसाद पोखरेल, पथरीशनिश्चरे नगरका निवर्तमान प्रमुख दिलिपकुमार राई, सहकारी समन्वय समिति पथरीशनिश्चरे नगर अध्यक्ष युवराज भट्टराई लगायतले शुभकामना मन्तब्य राखेका थिए । प्रदेश सहकारी संघको अध्यक्ष डिल्लि पोखरेल, कार्यक्रममा जिल्ला बचत संघका अध्यक्ष प्रेमप्रसाद कोइराला लगायतको उपस्थिति रहेको थियो । पथरीशनिश्चरेमा सहकारीमा कार्यरत कर्मचारी १ सय ३९ जना रहेको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

सम्बन्धित खवर