मनकारी सेजल एण्ड सिस्टर - Crazysaptahik.com

मनकारी सेजल एण्ड सिस्टर

ईस्वर दुलाल

परोपकारी संस्था सेजल एण्ड सिस्टर सधै दिन दुखीको साहारा बन्न तत्पर रहन्छ ।
नेपालमा विभिन्न प्रकोपको बेला होस, या त दुख सुखमा होस् सेजल एण्ड सिस्टर सधै अग्रपन्तीमा रहेर सहयोग गर्ने गर्दछ । सोहि अनुरुप जाडो यामको सुरुवात संगै सेजल एण्ड सिस्टरले मोरङको पथरी शनिश्चरे १० नम्बर वडामा अवस्थित भुनानी रणर्थी शिविरमा न्यानो कम्बल वितरण गरेको छ ।
शिविरमा वस्ती व्यवस्थापन समिति (एसएमसी) को रोहबरमा सेजल एण्ड सिस्टरका सीईओ मेघराज सुवेदीसहितको टोलीले शिविरका सबै ५ सय घरपरिवारलाई कम्बल वितरण गरेको हो । सुवेदी भन्छन् –‘यही शिविरबाट सन २००८ सालमा पलायन भएको हो । हजुरहरुनै आफन्त हो । आफन्तहरु जाडोले कक्रिनुहुन्छ कि भनेर माया लागेर पनि कम्बल वितरण गरेको हो । शनिश्चरे शिविरका कर्ण बहादुर राईले कम्बल वितरण कार्यक्रमले शिविरबासीमा राहतको महसुस गरेको बताएका छन् ।

अमेरिकाबाट झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविर आइपुगेका सेजल एण्ड सिस्टर अमेरिकाका तर्फबाट बिहीबार शिविरका मानिसहरुलाई न्यानो कम्बल वितरण गरेका थिए । एसएमसीको रोहबरमा सेजल एण्ड सिस्टरका सीईओ मेघराज सुवेदीसहितको टोलीले १५ सय घरपरिवारलाई जाडोबाट बच्न न्यायो कम्बल बितरण गरेको थियो । अमेरिकाको पेन्सिल्वेनियाको पिट्सबर्क बस्दै आएका सुवेदीका अनुसार ३० लाख बढीको लागतमा खरिद गरेर कम्बल वितरण गरेको हो । ‘बिगत ६ वर्षदेखि छोरी सेजलले जम्मा गरेको खुत्रुके बचतको समेत रकम यो सहयोगमा मिसाएका छौँ । उनको यस कार्यमा २० प्रतिशत योगदान छ । उनी अहिले ११ वर्षकी भइन्’, सुवेदीले भने ।
सेजल एण्ड सिस्टरको संस्थापक भने आफ्नी श्रीमती मोन सुवेदी रहेको जानकारी दिनु भयो । सुवेदीको अभियानलाई साथ दिन नायक सञ्जित भण्डारी, कलाकार तथा रङ्गकर्मी सम्रान्त (राजु) थापा, कलाकार तथा रंगकर्मी जिवन बराल, निर्माता एवम् निर्देशक जय नारायण तिम्सिना लगायतको उपस्थिती रहेको थियो । सेजल एण्ड सिस्टरले यस अघि नेपालको विकट जिल्ला मानिने जाजरकोट र रुकुम पश्चिममा भएको भुकम्पका कारण निधन भएका प्रति व्यक्ति नगद १५ हजारका दरले तथा घाइते परिवारलाई ५ देखि ८ हजारका दरले स्वयं उपस्थिती भई पिडित परिवारहरुलाई हस्तान्तरण गर्नुभएको थियो ।

सम्बन्धित खवर