हरियाली सामुदायिक वन लि.को वार्षिक सधारणसभा हुने - Crazysaptahik.com

हरियाली सामुदायिक वन लि.को वार्षिक सधारणसभा हुने

क्रेजी संवाददाता
पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे वडा नं. २ मा स्थापित हरियाली सामुदायिक वन लि. को वार्षिक साधारण सभा यही पुस २५ गते हुनेभएको छ ।
सो वार्षिक साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/०८० को वासताल, नाफा नोक्सान हिसाव सोही अवधिको नगद प्रवाह विवरण लगायत सम्वन्धित अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष २०८०/०८१ को लागि लेखापरीक्षक नियुक्ति गर्ने, भावी प्रस्तावित कार्ययोजना प्रस्तुत र शेयर सदस्यहरुलाई प्रमाण–पत्र वितरण गरिने कम्पनीका अध्यक्ष अशोक साम्पाङले बताउनुभयो ।

सम्बन्धित खवर