माइन्यूट लेखन, उद्घोषण तथा भाषणकला तालिम - Crazysaptahik.com

माइन्यूट लेखन, उद्घोषण तथा भाषणकला तालिम

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरेमा लक्षित वर्गका लागि ५ दिने माइन्यूट लेखन, उद्घोषण तथा भाषणकला तालिमको समापन भएको छ ।
आज पथरीशनिश्चरे–१ स्थापित पथरी बहुमुखी क्याम्पसको सभाहलमा भएको सो तालिमको मंगलबार समापन भएको हो । पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा सञ्चारकमीृ मिडिया प्रा.लि. विराटनगरको आयोजना भएको तालिममा नगरका १० वटै वडाबाट सहभागिता जनाइएको थियो ।
सञ्चारकर्मी मिडिया प्रा.लि.का कार्यकारी निर्देशक भद्रमान विश्वकर्माको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि नगर उप–प्रमुख देविमाया काफ्ले रहनुभएको थियो । यस्तै विशिष्ट अतिथिमा नगरका शिक्षा शाखा प्रमुख शालिग्राम काफ्ले, योजना शाखा प्रमुख शिव राई, नगर कार्यपालिका अञ्जना दर्जी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
समापन कार्यक्रममा सहभागीहरुको तर्फबाट सरिता शिवा, युवराज लावर र प्रतिष्ठा सुनामले आ–आफ्ना कुरा राख्नुभएको थियो । सो ५ दिने तालिमको सहजीकरण किशोर विश्वकर्मा र भद्रमान विश्वकर्माले गर्नुभएको थियो । सहभागीहरुलाई प्रमाण–पत्र र अथितिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

सम्बन्धित खवर