शान्तिमा विश्व सिमसार दिवस भव्यताका साथ मनाइने - Crazysaptahik.com

शान्तिमा विश्व सिमसार दिवस भव्यताका साथ मनाइने

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा विश्व सिमसार दिवस २०२४ भव्यताका साथ मनाइने भएको छ ।
पथरी शनिश्चरे वडा नं. १ स्थापित श्री शान्ति सामुदायिक वन र डिभिजन वन कार्यालय मोरङको आयोजनामा सो कार्यक्रम भव्यता साथ मनाउने तयारी भएको हो ।
आगामी माघ १९ गते शान्ति भुल्के सिमसारमा सो कार्यक्रमको आयोजना गरिने शान्तिका उपाध्यक्ष नवराज मिश्रले जानकारी गराए ।
प्रदेश नं. १ का वन मन्त्री गणेश उप्रेतीको प्रमुख आतिथ्यमा सो कार्यक्रम हुन लागिरहेको हो । कार्यक्रममा धिमाल जातिको साँस्कृतिक नृत्य, एभरेष्ट आर्ट फ्युजनको कला प्रदर्शनी र विभिन्न विद्यालयहरुबाट पम्प्लेट सहितको ¥याली निकालिने शान्ति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कुलमणि गुरुङले जानकारी दिए । साथै सो दिन विश्व वातावरण दिवस र सिमसार सम्वन्धी अन्तरक्रिया समेत हुनेछ ।

सम्बन्धित खवर