सहिद दिवसमा पथरी शनिश्चरेमा दीप प्रज्वलन - Crazysaptahik.com

सहिद दिवसमा पथरी शनिश्चरेमा दीप प्रज्वलन

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरेमा सहिद दिवसको अवसरमा दीप प्रज्वलन गरिएको छ । बुधबार साँझ नेपाल खेलकुद महासंघ पथरी शनिश्चरे नगर कमिटीको आयोजनामा वडा नं. १ को रत्नचौकमा अवस्थित सहिद रत्नकुमार बान्तवा स्मारकमा दीप प्रज्वलन गरिएको हो ।
दीप प्रज्वलन अघि स्मारकको सरसफाइ तथा स्मारकमा पहिला राखिएको नेपालको राष्ट्रिय झण्डा पुरानो भएकाले नयाँ झण्डा राखिएको थियो । उक्त कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापो, निवर्तमान नगर प्रमुख दिलिपकुमार राई (किशोर), नेपाल खेलकुद महासंघका जिल्ला अध्यक्ष सितल राया, नेकपा एमाले पथरी शनिश्चरे नगर अध्यक्ष रमेश दाहाल, वडा नं. ८ का वडाध्यक्ष तथा नगर प्रवक्ता नविन कार्की लगायतको उपस्थिति रहेको थियो । दीप प्रज्वलन कार्यक्रमको सञ्चालन खेलकुद महासंघ नगर सचिव अर्जुन काफ्लेले गरेका थिए भने अध्यक्षता महासंघ नगर अध्यक्ष दिवस खजुमको रहेको थियो ।

सम्बन्धित खवर