क्रेजी संवाददाता
पथरी । सहकारी कर्मचारी संगठन पथरी शनिश्चरेको १६ औ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । मोरङको पथरी शनिश्चरे वडा नं. १० स्थित सिरिजंगा धार्मिक वनमा वनभोज सहितको साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंक लि. कोशी प्रदेश प्रमुख प्रभु पोखरेलले सहकारी कर्मचारी संगठन पथरी शनिश्चरेको चर्चा गर्नुभयो । उहाँले मन्तव्यका क्रममा भन्नुभयो–‘अन्य स्थानहरुमा भन्दा पथरी शनिश्चरेमा सहकारी कर्मचारी संगठन सक्रियताका साथ कार्य सम्पादन गर्दै र सबै क्षेत्रलाई समेटेर सह्रानीय कार्य गर्दै आइरहनुभएको छ ।’
पथरीशनिश्चरे नगर पालिकाभित्र रहेका सहकारी संस्थाहरूमा कार्यरत कर्मचारी संगठनका अध्यक्ष एवं लर्ड बुद्ध साकोसका व्यवस्थापक गणेश कुमार वाछना राईको अध्यक्षतामा भएको कार्यक्रममा आर्थिक वर्ष २०८०÷०८१ को प्रगति प्रतिवेदन तथा आ.व. २०८१÷०८२ को कार्य योजना संगठनका सचिव तेजिन्द्र पाण्डेले प्रस्तुत गरेका थिए । यसैगरी आर्थिक प्रतिवेदन तथा प्रस्तावित बजेट कोषाध्यक्ष ईन्दिरा बुढाथोकीले प्रस्तुत गरेकी थिइन् ।
साधारणसभाको अवसरमा विभिन्न विधामा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत तथा सम्मन गरिएको थियो । सहकारी संस्था संस्थापक अध्यक्ष सम्मान अन्तर्गत शनिश्चरे बचत तथा ऋण सहकारी संस्थाका लिमिटेडका संस्थापक अध्यक्ष मुकुन्द पौडेल, सहकारी कर्मचारी निरन्तरता सम्मान कन्तुर बहुउद्देश्यीय सहकारीका व्यवस्थापक राजेन्द्र प्रसाद भट्टराई, सोहि बिधामा आरती बहुउद्देश्यीय संस्थाकी परिचालक कविता दाहाल, उत्कृष्ट बचत कारोवारकर्ता पुरस्कार हरियाली साकोसका व्यवस्थापक उमनाथ भण्डारी, उत्कृष्ट ऋण कारोबारकर्ता पुरस्कार अष्टलक्ष्मी साकोसकी परिचालक मोहिनी सुब्बा सम्मानित हुनुभएको थियो ।
सो अवसरमा संघठनले आफ्नो चुनावी साधारण सभा पनि सम्पन्न गरेको छ । संघठनको अध्यक्षमा गणेशकुमार राई, उपाध्यक्ष दिपक अधिकारी, सचिव तेजिन्द्र पाण्डे (रमेश), कोषध्यक्ष ईन्दिरा बुढाथोकी, संचालक सदस्यहरुः डिकबहादुर खड्का, आईतकुमारी तुम्बापो, पुन्यप्रसाद बराल, कल्पना थापा मगर, बालकृष्ण पोख्रेल, व्यवस्थापक प्रकृति बस्नेत चलयन हुनुभएको छ ।
कार्यक्रममा राष्ट्रिय सहकारी बेैंक लि. उर्लाबारीका शाखा प्रमुख विवेक रिजाल, जिल्ला वचत तथा ऋण सहकारी संघ लि. मोरङका व्यवस्थापन केदारनाथ दुलाल, सहकारी कर्मचारी संगठन उर्लाबारी इलाका समितिका अध्यक्ष चक्रबहादुर खड्का, सहकारी कर्मचारी संगठन बेलबारीका अध्यक्ष ताराहाङ राई, सहकारी कर्मचारी संगठन पथरी शनिश्चरेका सल्लाहकार तुलसी बस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए । संगठनले हरेक वर्ष वार्षिक साधारणसभासँगै वनभोज कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।