
क्रेजी संवाददाता
लेटाङ । उपसभामुख माननीय इन्दिरा राना मगरले सबै महिलाहरूले पुरूष सरह अधिकार प्राप्त गरिसकेको बताउनुभएको छ ।
शनिबार मोरङको लेटाङ –९ जाँतेमा अवस्थित शिव शक्ति बाबाधाम संरक्षण समितिले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि उपसभामुख रानाले श्री श्री श्री दिव्य शक्ति जगद्गुरुपरम पूज्य शिव शक्ति बाबा महाराजलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो थियो । गुरु जम्बूद्वीप पद्मश्री अलंकरण अवार्डबाट सम्मानित हुनुभएका श्री श्री श्री दिव्य शक्ति जगद्गुरुपरम पूज्य शिव शक्ति बाबा महाराजलाई अवसरमा बधाई तथा शुभकामना दिँदै उहाँले उक्त धारणा राख्नुभएको हो ।
विगतमा पुरूष प्रधान समाजका कारण आफू र आफ्नो परिवारले भोग्नुपरेका विभिन्न समस्याहरू स्मरण गर्दै उपसभामुख रानाले ती अनुभवहरूले नै महिलाले पनि पुरूष सरह समान अधिकार पाउनुपर्छ भन्ने अभियानमा आफूलाई अग्रसर बनाएको बताउनुभयो ।
विक्रम राईले सञ्चालन गर्नुभएको सो कार्यक्रममा शिव शक्ति बाबाधाम संरक्षण समितिका पदाधिकारीले स्वागत तथा बाबाधामको विषयमा विस्तृत रुपमा जानकारी गराउनुभएको थियो । यस्तै सो कार्यक्रममा उपस्थित बाबा र अनुयायीहरुले कविता र भजनहरु प्रस्तुत गर्नुभएको थियो ।



