मंगल ग्रहमा जाने स्टारसिप - Crazysaptahik.com

मंगल ग्रहमा जाने स्टारसिप

अमेरिकी रकेट निर्माता कम्पनी स्पेश एक्सका संस्थापक एलोन मस्कले मंगल ग्रहमा लाने रकेटको ‘फस्र्ट लुक’ सार्वजनिक गरेका छन् । यो रकेटले मानिसलाई अन्तरिक्षको भ्रमण गराउने उद्देश्य लिएको छ । मानिसहरूलाई अन्तरिक्षको भ्रमण गराउँदै मंगल ग्रहमा लाने महत्वाकांक्षी योजना बोकेका स्पेश एक्सका सीईओ मस्कले रकेटको ‘प्रोटोटाइप’ सार्वजनिक गरेका हुन् ।

मस्कले यो प्राटोटाइप रकेटको परीक्षण उडान गर्ने तयारी भैरहेको जानकारी आफ्नो आधिकारिक ट्विटर हेन्डलमार्फत दिएका छन् । स्टारसिप नाम दिइएको यही रकेटले कुनै दिन मानिसलाई पृथ्वीबाट चन्द्रामा र चन्द्रामाबाट मंगल ग्रहसम्म लाने बताइएको छ ।

स्पेस एक्सले इन्टरनेसनल स्पेस स्टेसनमा रहेका अन्तरिक्षयात्रीहरूलाई चाहिने आवश्यक सामग्रीहरू आपूर्ति गर्दै आएको छ । स्पेस एक्ससँग अहिले फल्कोन–९ रकेट तथा ड्रागन कार्गो क्याप्सुल छ ।

– कान्तिपुर साप्ताहिकबाट

http://bit.ly/2MIdMVW

सम्बन्धित खवर