सोलुमा तेस्रो पटक भारी हिमपात, जनजिवन प्रभाबित (तस्विरहरू) - Crazysaptahik.com

सोलुमा तेस्रो पटक भारी हिमपात, जनजिवन प्रभाबित (तस्विरहरू)

सोलुखुम्बु / सोलुखुम्बुमा पुनःहिमपात भएको छ । ३ दिन देखि मौसम प्रतिकुल बनेपछि आज विहान हिमपात भएको हो । जिल्लाको माथिल्लो क्षेत्र खुम्बु र तल्लो क्षेत्रका अग्ला डाँडाहरुमा बाक्लो हिउँ परेको हो । सल्लेरीमा समेत हिउँ परेको छ । सल्लेरी आसपासका पिकेडाडाँ, पत्ताले, सेलगुडी, रात्नाङगे लगायतका क्षेत्रमा बाक्लो हिउँ परेको हो ।सल्लेरी सदरमुकाम सल्लेरीको प्रवेशद्धार पत्तालेमा ४ ईन्च हिउँ परेको छ । समुन्द्रि सतह देखि २१ सय मिटर उचाईमा रहेको सल्लेरीमा पनि बाक्लो हिउँ परेको छ । ३१ सय मिटरमा रहेको पत्ताले, २९ सय उचाईमा रहेको सेलगुढी र ४१ सय उचाईमा रहेको पिकेडाँडामा बाक्लो हिउँ परेको हो । बालबालिका, किशोरकिशोरी र अधबैँशे महिला पुरुष हिउँ खेल्न बाहिर निस्केका छन् । उनीहरुले हिउँ पर्दै गर्दा र जमेको हिउँमा खेलेर मनोरञ्जन लिएका छन् ।

 

विहानै देखि हिउँ परेको हिमाली होमस्टेका संचालक प्रकाश मगरले बताए । उनले भने, ‘विहानै देखि हिउँ परेको छ । एकातिर रमाईलो, अर्कोतिर चिसो बढ्यो ।’ उनले माघ १५ गते परेको हिउँ विल्न नपाउदै फेरि हिउँ थपिएकोले हिउँ खेल्न आउनेको संख्या बाक्लिने बताए । हिमपात भएसंगै तल्लो क्षेत्रका नागरिकमा खुसियाली छाएको छ । सल्लेरी आसपासका डाँडाँमा हिउँ थपिएपछि आन्तरिक पर्यटक हिउँमा रम्न पाउने भएका छन् । समूह–समूहमा जिल्लाबासी, जिल्लामा कार्यरत कर्मचारी र छिमेकी जिल्ला ओखलढुंगाबाट आन्तरिक पर्यटक हिउँ खेल्नका लागि पत्ताले र सेलगुढी डाँडामा पुग्ने गर्दछन् ।

 

गत माघ ९ यो बर्ष पहिलो पटक हिमपात भएको थियो । लुक्ला र नाम्चेमा पनि बाक्लो हिउँ परेको लुक्लाबाट तोया श्रेष्ठले बताए । हिमपातसंगै जनजीवन प्रभावित बनेको छ । यूवायूवतीहरु हिउँ खेल्न निस्केका छन् भने बालबालिका र जेष्ठ नागरिकले चिसोबाट बच्न आगो ताप्न थालेका छन् ।

तिन दिन पछि उडान

मौसम प्रतिकल बनेपछि दुई दिन देखि अबरुद्ध तेन्जिङ हिलारी विमानस्थलमा आज ४ वटा उडान भएका छन् । विहिबार र शुक्रबार उडान हुन नसकेको विमानस्थलमा आज विहान मौसम खुलेसंगै ४ उडान भएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख ईमाननाथ अधिकारीले बताए । तारा एयरले दुई र समिट र सीता एयरले एक÷एक उडान भरेको हो । ताराको दश तथा समिट र सीताको तिन÷तिन उडान तालिका रहेको थियो ।

स्रोत : पुर्वेली न्यूज

सम्बन्धित खवर