उद्योग वाणिज्य संघ लेटाङ्गमा लोकतान्त्रिक प्यानलै बिजयी - Crazysaptahik.com

उद्योग वाणिज्य संघ लेटाङ्गमा लोकतान्त्रिक प्यानलै बिजयी


क्रेजी सान्ताहिक मोरङ । उद्योग वाणिज्य संघ लेटाङ्गको २३ औं वार्षिक साधरणसभा एवं निर्वाचनमा महासचिव वाहेकका सबै पदमा लोकतान्त्रिक पक्षका खड्ग बहादुर श्रेष्ठ सानेको प्यानल नै विजयी भएको छ । उक्त निर्वाचनमा खसेको कुल मत ४६७ मध्ये श्रेष्ठले २६६ मत प्राप्त गरेको निर्वाचन संयोजक दिपक चन्द्र राईले जनाएका छन् ।

संयोजक राईका अनुसार उनका निकटतम प्रतिद्वन्दि मित्र प्रसाद विमलीले १८६ मत मात्र प्राप्त गरेका थिए । यसै गरि वरिष्ठ उपाध्यक्षमा २३० मत ल्याएर अंशुपति विस्वास विजयी भएका छन् । उनका प्रतिद्वन्दी गजेन्द्र ठकुरीले २०० मत मात्र प्राप्त गरेका थिए । महासचिवमा २१९ मत प्राप्त गरी फरक समुहका नेत्र निरौला विजय भएका छन् भने अर्का प्रतिद्वन्दी ढक बहादुर श्रेष्ठले भने २१० मत प्राप्त गरे ।

उद्योग सचिवमा विजयी कुबेर पौडेलले २२४ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्दी टेक बहादुर श्रेष्ठ उमेशले भने १९२ मत प्राप्त गरेका छन् । साथै वाणिज्य सचिवमा विजयी हिमालय श्रेष्ठले २२५ मत प्राप्त गरे भने उनका प्रतिद्वन्दी गोविन्द कुमार चेम्जोङ्गले १८४ मत प्राप्त गरेको निर्वाचन संयोजक राईले जानकारी दिए । यसै गरी समितीका अन्य सदस्यहरुमा निर्मल कुमार दाहाल २४०, मञ्जुला ठाकुर २४७, दमयन्ती सुब्बा २६२ र हरिनारायण चौधरी २५४ मत ल्याएर विजयी भएका छन् ।

संघको निर्वाचनमा ५ जना भने सर्बसम्मतिले चयन भएका छन । उपाध्यक्षमा शान्तिकला राई र राजेन्द्र बिश्वकर्मा, कोषाध्यक्षमा उत्तम श्रेष्ठ, क्षेत्रगत सदस्यमा टेकनाथ निरौला र ईन्द्रकुमार श्रेष्ठ सर्बसम्मत चयन भएका हुन् ।

सम्बन्धित खवर