क्रेजी साप्ताहिक काठमाडौं । नेपाली काङ्ग्रेसको भातृ सङ्गठनले आज माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । ललितानिवास जग्गा प्रकरणमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेताहरुलाई जोगाएर आफ्ना नेतालाई फसाउन खोजेको भन्दै नेपाली कांग्रेसको भ्रातृ संठठनले प्रदर्शन गरेको हो ।
नेपाल विद्यार्थी संघको अगुवाइमा भएको प्रदर्शनमा तरुण दललगायतका भातृ संगठनका नेता कार्यकर्ता सहभागी थिए । उनीहरुले ‘बालुवाटार जग्गा प्रकरण,आफ्नालाई जोगाउने, अरुलाई फसाउने’, तिलकुमारीलाई जेल, विष्णु पौडेललाई माफी’, क्याबिनेटको निर्णयमा मन्त्री जवाफदेही हुन्छ कि प्रधानमन्त्री’, ‘सरकार तेरो भ्रष्टाचार किन मात्र गच्छदार’ जस्ता नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।
नेविसंघ र कांग्रेसले देश भ्रष्ट्राचारमुक्त होस् भन्ने चाहेको तर ललिता निवासको जग्गा प्रकरणमा निर्दोषलाई फसाएर दोषीलाई उन्मुक्ति दिन खोजिएकोले विरोध गर्नु परेको नेविसंघका महामन्त्री दीपक भट्टराईले बताए । प्रधानमन्त्रीलाई उन्मुक्ति दिने तर त्यही मन्त्रिपरिषद्का सदस्यमाथि मात्रै मुद्दा दर्ता गर्नु न्याय संगत नभएको भन्दै उनले अन्यायविरुद्ध प्रदर्शनमा उत्रिएको उनको भनाइ छ ।