स्वस्थानी व्रतकथाको पाना च्यात्न नेकपा सांसद यशोदा गुरुङ सुवेदीको माग - Crazysaptahik.com

स्वस्थानी व्रतकथाको पाना च्यात्न नेकपा सांसद यशोदा गुरुङ सुवेदीको माग


क्रेजी साप्ताहिक
काठमाडौं । स्वस्थानी ब्रतकथाको पुस्तकका पाना च्यात्नुपर्ने माग नेकपाकी सांसद यशोदा सुवेदी गुरुङले गरेकी छिन् । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै महिलाले ब्रत गर्ने परम्परा रहेको ऋषी पञ्चमी र स्वास्थानी च्यात्न माग उनले गरेकी हुन् ।

उनले गृहमन्त्रालयले छाउगोठ भत्काउने काम स्वागत योग्य भएको बताउँदै मान्छेका मनमा रहेको छाउ प्रथा पनि हटाउनुपर्ने बताइन् । उनले छाउसँग जोडिएको धर्म संस्कृति र परम्परा भत्काउनुपर्ने बताउदै भनिन– ‘के गाँउ के शहर सरकार, राजनीतिक दल, नागरिक समाज सबैको सशक्त खाँचो छ, छाउसँग जोडिएर आउने धार्मिक अन्धविश्वासहरु भत्काउन सकोस, छाउ जस्ता संस्कारलाई मजबुद पार्ने स्वस्थानी व्रतकथा र ऋषीपञ्चमी ब्रतकथाका पानाहरु च्यात्न सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।’

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.