इलाका प्रहरी कार्यालयलाई होडिङ बोर्ड प्रदान - Crazysaptahik.com

इलाका प्रहरी कार्यालयलाई होडिङ बोर्ड प्रदान


प्रेमप्रसाद भट्टराई (के.डी)
पथरी । इलाका प्रहरी कार्यालय पथरीलाई ३५ थान होडिङबोड प्रदान गरिएको छ । मोरङको पथरी शनिश्चरे १ मा रहेको पथरी हस्पिटल र इन्टरनेटप्रदायक कम्पनि वल्र्डलिलंक कम्यूनिकेशन्ले इलाका प्रहरी कार्यालय पथरीलाई सो सामग्री हस्तान्तरण गरेका हुन् । मंगलबार नगरप्रमुख दिलिपकुमार राईको प्रमुख आतिथ्यतथामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शान्ति सुरक्षाको जनचेतनाका लागि सचेतना होडिङ बोर्ड प्रदान गरिएको थियो ।

वर्ड लिंकका राजन तिम्सिना र पथरी अस्पतालका अध्यक्ष माधव कोइरालाले नगर प्रमुख दिलीपकुमार राईमार्फत प्रहरी प्रमुख डीएसपी दिलीपकुमार गिरीलाई बोर्ड हस्तान्तरण गरेका थिए । नगर प्रमुख राईले समुदाय प्रहरी साझेदारी कार्यक्रमको नगरमा प्रभाव परिरहेको जनाउँदै नगरपालिका कार्यालयले शान्ति सुरक्षा कायम गर्ने कुरामा थप मद्धत पुर्याउने बताए । त्यस्तै सो सामग्री बुझ्दै डीएसपी गिरीले अपराधी जन्मने, अपराध हुने, र अपराधको असर पनि समुदायमै पर्ने हुनाले समुदायले पनि अपराध न्यूनिकरणका लागि सहयोग गर्नुपर्ने बताए । शान्ति सुरक्षा तथा सडक दुर्घटनाका सन्देशहरु लेखिएका ३५ वटा बोर्ड ४५ हजारको लगानीमा निर्माण गरिएको कार्यक्रममा जानकारी गराइएको छ ।

सम्बन्धित खवर