क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले नगरका महिलाहरुका लागि ३ महिने निःशुल्क ढाका तान तालिम सुरु गरेको छ । वडा नम्वर ९ मा एक कार्यक्रमकाबीच नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले आज ढाका तान तालिमको उद्घाटन् गर्दै आयमुलक तालिम लिएर महिलाहरु स्वनिर्भर हुनुपर्ने कुरामा जोड दिनुभयो ।
वडास्तरीय प्रगतिशील ढाकातान तालिम समितिको आयोजनामा नगरपालिकाको २ लाख ५० हजार रुपैयाँको बजेटमा कार्यक्रम थालिएको हो ।