क्रेजी साप्ताहिक
पथरी । ग्रील तथा स्टिल व्यवसायी महासंघ नेपालको प्रदेश २ को संयोजक दिनेश पौडेल ( टिकेन्द्र ) चयन भएका छन । पौडेललाई सुनसरीको इटहरीमा सम्पन्न पछिल्लो बैठकले प्रदेश २ को संयोजकको जिम्मेवारी प्रदान गरेको हो ।
ग्रील तथा स्टिल व्यवसायी महासंघ नेपालको केन्द्रिय उपाध्यक्ष समेत रहेका पौडेल मोरङ्गको पथरी उद्योग वाणिज्य संघका उद्योग सचिव समेत रहेका छन् भने नगरमा स्थापित युवा ग्रिल व्यवसायीका उदाहरणीय पात्र हुन । इटहरीमा सम्पन्न बैठकले प्रदेश २ का लागि पौडेल सहित प्रदेश प्रदेश १ मा बज्रसुरज आंदेम्बे, बागमतीमा मोहन कुमार श्रेष्ठ, गण्डकी प्रदेशमा रण बहादुर बिश्वकर्मा र ५ नम्बर प्रदेशमा दिपक आचार्यलाई प्रदेश संयोजक तोकेको छ । बैठक पश्चात् मोरङ र सुनसरीका नव निर्वा्िचत कार्य समितिलाइ सम्मान समेत गरिएको थियो ।