क्रेजी साप्ताहिक काठमाडौं । साझा पार्टीले काठमाडौँको बालुवाटारमा प्रदर्शन गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले घुस मागेको अडियो सार्वजनिक भएपछि त्यसको विरोधमा साझा पार्टीले प्रदर्शन गरेको हो ।
प्रधानमन्त्रीको सरकारी निवासको बाहिरपट्टि भेला भएका साझा पार्टीका कार्यकर्ताले सञ्चारमन्त्रीको विरोधमा प्लेकार्ड प्रदर्शन गरे । उनीहरुले सञ्चारमन्त्रीलाई बर्खास्त गर्न माग गरे । उनिहरुले ‘घुसखोर, कमिसनखोर र विचौलियालाई जेल हाल, जनताको पैसामा कमिसन खाने मन्त्रीलाई कारबाही गर, जनतालाई हेप्नी ?’ लगायतको नारा लेखेको प्लेकार्ड बोकेका थिए ।