लर्ड बुद्ध साकोसद्वारा वक्तृत्वकला प्रतियोगिता - Crazysaptahik.com

लर्ड बुद्ध साकोसद्वारा वक्तृत्वकला प्रतियोगिता

क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे –२ बुद्ध चौकमा स्थापित लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लि.ले तेस्रो अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

विहिबार गरिवी न्यूनीकरणमा सहकारीको भूमिका विषयमा भएको वक्तृत्वकला प्रतियोगितामा नगरभरिका १० वटा विद्यालयका छात्र छात्राले सहभागिता जनाएका थिए ।

हरियाली सामूदायिक वन उपभोक्ता समूहको सभा हलमा भएको प्रतियोगितामा श्री चन्द्र किरातेश्वर मावि पथरी शनिश्चरे–७ का छात्रा सन्ध्या खड्का प्रथम, पेगोडा मोडल ईङ्लिस स्कुल पथरी शनिश्चरे–३ का छात्रा रोशिका ढकाल द्वितीय, बाल नमूना विद्या मन्दिर पथरी शनिश्चरे–१० का छात्रा सिम्रन ढकाल तृतीय र न्यू पेगोडा ईङ्लिस बोर्डिङ स्कुल, पथरी शनिश्चरे–१ का छात्र युगलकिशोर अधिकारी सान्तवना भएका हुन् ।

प्रतियोगितामा विजयी हुने छात्र छात्रालाई २०७७ माघ २५ गते पथरी शनिश्चरे न.पा. वडा नं. ४, ५, ६ र ७ को संगमस्थल कीर्तिपुर बजारमा हुने १८ स्थापना दिवस समारोहको अवसरमा पुरस्कृत गरिनेछ । विजयीहरु प्रथम, द्वितीय, तृतीय र सान्तवनालाई पुरस्कार स्वरूप क्रमश ः रू.३ हजार ५ सय, २ हजार ५ सय, रू.१ हजार ५ सय र प्रमाण–पत्र प्रदान गरिनेछ भने विद्यालयहरुलाई पनि प्रमाण पत्र प्रदान गरिनेछ ।

विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरूलाई पनि सहकारीको विषयमा अध्ययन गर्ने बानीको विकास मार्फत् सहकारी अभियानमा योग्य जनशक्ति उत्पादन होस् भन्ने अभिप्रायले संस्थाले आफ्नो स्थापना दिवसको सन्दर्भमा २०७५ सालदेखि हरेक बर्षको माघ २२ गते पथरी शनिश्चरे नगरपालिका भरिका १० कक्षासम्मका विद्यार्थीहरुलाई लक्षित गरि वक्तृत्वकला प्रतियोगिता गर्दै आइरहेको छ ।

जिल्ला बचत तथा ऋण सहकारी संघ लि., मोरङका सञ्चालक डि.वि.थापा र संस्थाकै सल्लाहकार हर्कबहादुर राईले निर्णयको मूल्याङ्कन गर्नु भएको वक्तृत्वकला प्रतियोगितामा संस्थाको अध्यक्ष धनराज राईले अध्यक्षता, सचिव महेन्द्र ढुंगानाले सञ्चालन र व्यवस्थापक गणेशकुमार राईले स्वागत भनाइ रहेको थियो ।

सम्बन्धित खवर