५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण - Crazysaptahik.com

५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण

क्रेजी साप्ताहिक
पथरी-
मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले कृषि क्षेत्रको प्रवद्र्धनका लागि कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्रीहरु वितरण गरेको छ ।

३ लाख रुपैयाँ नगरपालिकाको र ३ लाख रुपैयाँ कृषकको गरी ६ लाख रुपैयाँमा ७० परिवारलाई ७० थान स्प्रे ट्याङ्की, ८ परिवारलाई ८ थान मकै छोडाउने विद्युतीय ९ कोन सिलर० मेसिन, २६ परिवारलाई २६ थान मकै रोप्ने मेसिन प्रदान गरिएको छ ।

 

नगर प्रमुख दिलीपकुमार राई र उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा कृषि यान्त्रिकरण कार्यक्रम अन्तर्गत कृषि शाखाले ती सामग्री वितरण गरेको शाखा प्रमुख सावित्रा कार्कीले जनाउनु भयो ।

 

 

सम्बन्धित खवर