अनेम संघ वडा नं. ९ को अध्यक्षमा विन्दा, ३१ सदस्य निर्वाचित - Crazysaptahik.com

अनेम संघ वडा नं. ९ को अध्यक्षमा विन्दा, ३१ सदस्य निर्वाचित

क्रेजी संवाददाता
पथरीशनिश्चरे । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल महिला संघ पथरीशनिश्चरे वडा नं. ९ को कमिटी गठन भएको छ ।

वडा नं. ९ अनेम संघको बुधबार भएको विस्तारित बैठकले विन्दादेवी (मिनां) गौतम पौडेलको अध्यक्षतामा ३१ सदस्य समिति चयन हुनुभएको हो ।

यसैगरी समितिको उपाध्यक्षमा सजिना धिमाल, सचिवमा राजकुमारी चेम्जोङ, उप–सचिवमा पार्वती राया र सितादेवी अधिकारी चयन हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा विमला खतिवडा, साबित्रा खड्का, तारा भट्टराई, एलिजा न्यौपाने, रविता रोक्का, टिका खनाल, चिना कार्की, मन्जु चौहान, प्रमिला खड्का, प्रमिला चौहान, भक्तमाया गौतम, र्निमला रोक्का, संगीता लिम्बु, मेनुका भट्टराई, पद्मा तामाङ, मिना तामाङ, सिता गिरी, कल्पना गुरुङ, रिता चौलागाईँ, पार्वती मगर, पवित्रा घिमिरे, बिनादेवी खरेल, लक्षी पराजुली, रिता चम्लागाई दाहाल, मन्जु खड्का, रिता लिम्बु रहनु भएको छ ।

कार्यक्रमका प्रमुख अथिति अनेम संंघ प्रदेश नम्बर १ कमिटी सदस्य, नेकपा एमाले मोरङ जिल्ला सदस्य तथा नगर उप–प्रमुख यमुना बिष्ट बास्तोलाले नव निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा संघका मोरङ जिल्ला समिति सचिवालय सदस्य तथा नगर इन्चार्ज निर्मला राई, संघका मोरङ जिल्ला कमिटि सदस्य ताथा नेकपा एमाले ९ नम्बर वडा कमिटीका उपाध्यक्ष चन्द्रकला कार्की, संघका जिल्ला कमिटी सदस्य तथा नेकपा एमाले ९ नम्बर वडा कमिटी सदस्य जानुका आचार्य, नेकपा एमाले जिल्ला सदस्य तथा वडाका सदस्य र्निमला गदाल, नेकपा एमाले वडा कमिटी सदस्य तथा वडाका सदस्य इन्द्रावती गुरुङ, नेकपा एमाले वडा कमिटीका उप–सचिव कुमारी माझी, नगर कमिटी सदस्य रमादेवी अधिकारी, समाज सेवी एलिजा न्यौपाने दाहाल र आईताकुमारी लिम्बुको आथित्यता रहेको थियो ।

नव गठित संघका पदाधिकारी तथा सदस्यहरुलाई अनेम संघ नगर कमिटी अध्यक्ष सिताकुमारी (रुद्र) गिरीले सपथग्रहण गराउनुभएको थियो ।

सम्बन्धित खवर