वडा नम्बर ८ मा अनेम संघको गठन, अध्यक्षमा शान्ता - Crazysaptahik.com

वडा नम्बर ८ मा अनेम संघको गठन, अध्यक्षमा शान्ता

क्रेजी संवाददाता
पथरीशनिश्चरे । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को अखिल नेपाल महिला संघ पथरीशनिश्चरे वडा नं. ८ कमिटी चयन भएको छ । शनिबार भएको विस्तारीत बैठकले शान्ता मगर योङहाङको अध्यक्षतामा ३१ सदस्य समिति चयन हुनुभएको हो ।

यसैगरी समितिमा उपाध्यक्ष गोमा कार्की, सचिव रिना गुरुङ, उप–सचिवमा अन्जु माझी र लिलादेवी कटुवाल चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा अमृता घताने, सुजता लिम्बु, जानुका कार्की, शान्ताकला राई, बालकुमारी मगर, लक्ष्मी उप्रेती, सारदा भुजेल, पञ्चमाया लिम्बु, इन्द्रकुमारी राई, टिका माझी, कमला शेर्पा, सुनीता तामाङ, टंकमाया लिम्बु, तिला तिम्सीना, कुमारी पराजुली, विमला लावती, सुस्मिता लिम्बु, लक्ष्मी कटुवाल, सर्मिला राई, निसा लिम्बु, लिला दाहाल, असारी राई, देवी दाहाल, प्रतिमा याख्खा, अनु आङदेम्वे, अन्सा चौधरी चयन हुनुभएको हो ।

कार्यक्रमका प्रमुख अथिति अनेम संंघ प्रदेश नम्बर १ कमिटी सदस्य, नेकपा एमाले मोरङ जिल्ला सदस्य तथा नगर उप–प्रमुख यमुना बिष्ट बास्तोलाले नव निर्वाचित पदाधिकारीहरुलाई सफत ग्रहण गराउदै बधाई तथा शुभकामना दिनु भयो । कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘जहिल्यै पनि महिलाहरुको हक हितमा आवाज उठाउनुहोस् तर्पाहरुको साथमा म जनप्रतिनिधि रहदा होस्, या नरहदा होस् सधै हजुरहरुको आवाज बन्नेछु भन्ने प्रतिबद्धता जायर गर्नुभयो ।

कार्यक्रममा संघका मोरङ जिल्ला सदस्य सरस्वती चौधरी, नेकपा एमाले क्षेत्रीय सदस्य प्रकाशबहादुर कार्की, नेकपा एमाले पथरीशनिश्चरे नगर सचिवालय सदस्य बाबुराम चौधरी र गिता वि.क., नेकपा एमाले नगर सदस्य कुलबाहादुर विष्ट, नेकपा एमाले ८ नम्बर वडा कमिटी अध्यक्ष नविन कार्की, नेकपा एमाले ८ नम्बर वडा कमिटी सचिव पुस्प पौडेल, अनेम संघ जिल्ला सदस्य एवम् नगर इन्चर्ज र्निमला राई, अनेम संघ नगर कमिटी उप–सचिव गौरी लिम्बुको आथित्यता रहेको थियो ।

कार्यक्रम अनेम संघ नगर कमिटी अध्यक्ष सिताकुमारी (रुद्र) गिरीको अध्यक्षताको सम्पन्न भएको थियो ।

 

सम्बन्धित खवर