ज्येष्ठ नागरिकलाई सम्मान - Crazysaptahik.com

ज्येष्ठ नागरिकलाई सम्मान

क्रेजी संवाददाता
पथरीशनिशचरे । मोरङको पथरीशनिश्चरे–४ मा आइतबार ७० वर्षमाथिका ३ सय जना ज्येष्ठ नागरिकलाई सम्मानित गरिएको छ ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोला, ४ नम्बर वडाध्यक्ष गोविन्दबहादुर भण्डारी सहितले पुरुषलाई ढाकाटोपी र महिलालाई दोसल्लाले सम्मानित गर्दै ज्येष्ठ नागरिकको हक हितमा नगर र वडा सधै संवेदनशील भएको बताउनुभयो ।

वडा कार्यालयको ९१ हजार ६ सय रुपैयाँको बजेटमा वडा ज्येष्ठ नागरिक एकता समन्वय केन्द्रको आयोजनामा सम्पन्न कार्यक्रममा केन्द्रका नगर अध्यक्ष नेत्रप्रसाद दहाल सहितले मन्तव्य व्यक्त गर्नुभयो ।

कार्यक्रम केन्द्रका वडा समिति अध्यक्ष गजेन्द्रबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो । ९० वर्षीय पदमप्रसाद शिवकोटी सहित ३ सय जना ज्येष्ठलाई सम्मानित गरिएको थियो ।

सम्बन्धित खवर