पथरीशशनिश्चरे १० मा गुडिया तालिम समापन - Crazysaptahik.com

पथरीशशनिश्चरे १० मा गुडिया तालिम समापन

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे १० मा आइतबार गुडिया तालिमको समापन कार्यक्रममा बोल्दै नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले घरमै बसेर व्यवसायिक हुने काममा महिलाहरु लाग्न अनुरोध गर्नुभयो ।

दलित सेवा संघले आयोजना गरेको दलित समुदायका महिलाहरुका लागि आयोजनका गरेको १ महिने गुडिया तालिमले सो समुदायका लागि घरमै बसेर व्यवसायिक वन्ने उत्प्रेरणाको ढोका खोलेको उपप्रमुख वास्तोलाको ठहर छ ।

उर्मिला महराको अध्यक्षताको कार्यक्रममा, कार्यपालिका सदस्य मैनादेवी फूयल आचार्य, वडा सदस्य मनकुमारी विश्वकर्मा, दलित सेवा संघ नगर सदस्य पदम बर्देवा, समाजसेवी अर्जुन पोखरेल सहितले मन्तव्य व्यक्त गर्नुभयो । सो वडामा महिलाहरुको लागि सिलाई कटाई तालिमको निरन्तरताको समेत तयारी भएको जानकारी गराइएको छ ।

वडाको दलित लक्षित कार्यक्रम अन्तर्गतको ८० हजार रुपैयाँ बजेटमा तालिम सम्पन्न भएको हो । तालिमका सहभागिलाई प्रमाणपत्र वितरण गरिएको छ । धनमाया राईले तालिमको सहजीकरण गर्नुभएको थियो ।

सम्बन्धित खवर