लाहा खेती प्रवद्र्धनमा मिडियाको भूमिका विषयक अन्तरक्रिया - Crazysaptahik.com

लाहा खेती प्रवद्र्धनमा मिडियाको भूमिका विषयक अन्तरक्रिया

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. १० मा लाहा खेती प्रवद्र्धनमा मिडियाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार सी.एम.सी. सभाहलमा भएको सो कार्यक्रमको आयोजना नेपाल पत्रकार मञ्च मोरङलेको गरेको थियो भने सहयोग डिभिजन वन कार्यालय मोरङको रहेको थियो । नेपाल पत्रकार मञ्चका अध्यक्ष मोहन भट्टराईले सञ्चालन गर्नुभएको सो कार्यक्रममा डम्बर विश्वकर्माले सहजीकरण गरेका थिए ।
कार्यक्रममा लाहा खेती सम्वन्धी विशेष जानकारी र लाहाको प्रयोग र बजारको विषयमा विशेष अन्तरक्रिया गरिएको थियो । सो कार्यक्रममा सुन्दरहरैचा, बेलबारी, कानेपोखरी, लेटाङ, पथरी र उर्लाबारीका सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर