पेगोडा मोडल स्कुलद्वारा उत्कृष्ट विद्यार्थीहरू नगद सहित पुरस्कृत - Crazysaptahik.com

पेगोडा मोडल स्कुलद्वारा उत्कृष्ट विद्यार्थीहरू नगद सहित पुरस्कृत

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे–३ मा अवस्थित पेगोडा मोडल सेकेन्डरी ईङ्लिस स्कुलले तेस्रो त्रैमासिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई नगद सहित पुरस्कृत गरेको छ ।
बुधबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा कक्षा १ देखि १० सम्मका २३ जना प्रतिभाशाली विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । परीक्षामा ४ जीपीए हासिल गर्ने विद्यार्थीहरू प्रत्येकले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । यसका अतिरिक्त, नर्सरीदेखि अन्य कक्षाहरूमा ३.९५ देखि ४ जीपीएसम्म प्राप्त गर्ने विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू पुरस्कार स्वरुप उपलब्ध गराइएको थियो ।
प्रधानाध्यापक रमेश प्रसाद कोइराला कार्यक्रममा बोल्दै भन्नुभयो–‘हाम्रो ध्यान विद्यार्थीहरूको समग्र विकासमा केन्द्रित छ । शैक्षिक उपलब्धिसँगै अतिरिक्त क्रियाकलापमा पनि हामी फरक पहिचान बनाउँदैछौं ।’
विद्यार्थी, अभिभावक र शिक्षाप्रेमीहरूको सहभागिता रहेको कार्यक्रमको सञ्चालन शिक्षक इन्द्र गौतमले गर्नुभएको थियो । शिक्षक कमल प्रसाद रिजालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने अभिभावक सावित्रा थापाले आफ्नो प्रतिक्रिया दिनुभएको थियो । तीन वर्षदेखि एसईईमा शतप्रतिशत सफलताको कीर्तिमान कायम राख्दै आएको यो विद्यालयले वडा नं. २, ३, ५ र ७ का विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ । विद्यार्थी प्रोत्साहन र निरन्तर सफलताको परम्परालाई निरन्तरता दिँदै पेगोडा मोडल स्कुल यस क्षेत्रको शैक्षिक उत्कृष्टताको प्रतीक बन्दै गएको छ ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.