क्रेजी साप्ताहिक
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा दिनेश सिटौला निर्वाचित भएका छन् । सोमबार सम्पन्न संघको ८ औं महाधिबेशनले तीन वर्षे नयाँ कार्यकालका लागि सिटौलाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
सिटौला नेतृत्व चयनका लागि भएको निर्वाचनमा ७० मत ल्याएर अध्यक्ष पदमा निर्वाचित बनेका हुन् । उनीसँगै अध्यक्षमा उठेका डब्बु क्षेत्रीले ३९ र अनिल यादवले १४ र गीता अधिकारी पनि १४ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा जीवन पराजुली, दिपज्योती थापा र कुबेर डङ्गोल त्यस्तै महासचिबमा समीर बलामी, सचिबमा रघुनाथ सापकोटा र विशाल हसिन राई निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा प्रदिप कार्की तथा सहकोषाध्यक्षमा बिनोद पोखरेल निर्वा्िचत हुँदा सदस्यमा दीपक गुरुङ, सुरक्षा भट्टराई, आशिष ओली, गोपी कृष्ण चापागाईं, मिलन ढुङ्गाना, मनिष अन्जान, नवीन गिरी, सृष्टि पोखरेल चयन भएका छन् ।