क्रेजी साप्ताहिक
काठमाडौं । उपत्यकामा भाडामा बस्ने विद्याथी{लाई कोरोना भाइरसले निम्त्याएको संकटको अवधिभर ५० प्रतिशत छुटको व्यवस्था मिलाउन नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्याथी{ संघ (नेविसंघ)ले सरकारको ध्यानाकष{ण गराएको छ ।
नेविसंघका अध्यक्ष राजीव ढुंगानाले आइतबार एक विज्ञप्ति जारी गदै{ यस विषयमा सरकार र सरोकारवालाहरुको ध्यानाकष{ण गराएका हुन् । यस्तै उपत्यका बाहिर घर भएका र घर जना इच्छुक विद्याथी{लाई निःशुल्क घर जाने व्यवस्था गन{ नेविसंघको माग छ ।
‘सरकारले इन्टरनेट सेवा प्रदायकहरुलाई सहुलियत वा कर छुट दिएर कोरोनाको संकट अवधिभर इन्टरनेट सेवा निःशुल्क उपलब्ध गरियोस् । भारतमा कोरोनाको प्रकोप बढेकाले भारतीय नाकाको आवत जावत पूण{ रुपमा बन्द गरियो,’ अध्यक्ष ढुंगानाद्ववरा जारी विज्ञप्तिमा उल्लेख छ ।
अत्यावश्यक उपभोग्य बस्तुको कृतिम अभाव, महंगी र कालोबजारीको प्रभावकारी अनुगमन र नियन्त्रण गन{ नेविसंघले सरकारको ध्यानाकष{ण गरेको छ ।