मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार अस्पताल भर्ना हुने - Crazysaptahik.com

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार अस्पताल भर्ना हुने


क्रेजी साप्ताहिक । मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओली सोमबार अस्पताल भर्ना हुने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालयको आज बसेको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा बुधबार प्रत्यारोपण लगायत आफ्नो स्वास्थ्योपचार योजनाबारे बताएको प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारलाई जानकारी दिए ।

राष्ट्रियसभा सदस्यमा हुने मनोनयनबारे सोधिएको प्रश्नमा प्रवक्ता श्रेष्ठले भने, “यस विषयमा पहिले नै निर्णय भइसकेकाले फेरि बोलिरहनुपरेन ।”

सम्बन्धित खवर