क्रेजी साप्ताहिक । नेपाल प्रहरीका डिआइजी डा. राजीव सुब्बाले शुक्रबार राजीनामा दिएका छन् । नेपाल प्रहरीका प्राविधिक तर्फका डिआइजी रहेका सुब्बाले प्रहरी प्रधान कार्यालयलाई राजीनामा पत्र बुझाएका हुन् । २५ वर्षदेखि उनी प्रहरी सेवामा कार्यरत छन् । चार वर्षदेखि भने उनले डिआइजी पद सम्हाल्दै आएका थिए । प्राविधिकतर्फ एआइजीको दरबन्दी छैन ।
आफूभन्दा जुनियर अधिकारी एआइजी, आइजी हुँदा पनि संगठनरगृह मन्त्रालयले प्राविधिकतर्फ एआइजीको दरबन्दी नबनाएको भन्दै संगठनमा उनको असन्तुष्टि थियो । अहिलेका आइजी ठाकुर ज्ञवाली पनि उनीभन्दा जुनियर हुन् । यसअघिका आइजी सर्वेन्द्र खनाल पनि उनी भन्दा जुनियर थिए । उनीभन्दा जुनियर पुष्कर कार्की पनि एआइजी भए । हस्पिटलमा उनीभन्दा जुनियर आशा सिंह एआइजी भएकी छन् । यद्यपी उनको राजीनामा भने गृहमन्त्रालयले स्वीकृत गरेको छैन । नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाउन उनको ठूलो योगदान रहेको छ ।