होलीलाई सन्देशमुलक बनाउन उद्योग बाणिज्य संघ पथरीको आग्रह - Crazysaptahik.com

होलीलाई सन्देशमुलक बनाउन उद्योग बाणिज्य संघ पथरीको आग्रह


प्रेमप्रसाद भट्टराई (के.डी)
विश्वमै आतंक मच्चाउदै चिनबाट भित्रिएको कोरोना भइरसले अहिले विश्व हल्लाएको छ । सोही कारण नेपालमा पनि यसले आतंक मच्चाइरहेको छ । हालसम्म नेपालमा कोरोनाको संक्रमण नदेखिएपनि यसको जोखिम रहेका कारण सबैलाई सजग रहन विभिन्न संघ–संस्थाहरुले अनुरोध गर्दै आइरहेका छन् ।

यसैबिच मोरङको पथरीशनिश्चरेस्थित पथरी उद्योग बाणिज्य संघले पनि कोरोनाबाट सजग रहन आग्रह गरेको छ । संघले नजिकीदै गएको होली पर्वलाई मध्यनजर गर्दै एक सुचना जारि गरि सबैलाई सजग रहन आग्रह गरेको हो । उद्योग बाणिज्य संघ पथरीका अध्यक्ष दिपक बस्नेतको हस्तार रहेको पत्रमा कोरोना भाइरसको जोखिम रहेका कारण होलीलाई संदेशमुलक मनाउन आग्रह गरिएको छ ।

सुचनामा भनिएको छ । ‘कोरोना भाइरस चिसोमा बढी सक्रिय रहने हुँदा होलीमा पानी, पिच्कारी प्रयोग नगर्न तथा चोकचोकमा जमघट भइ होली नमनाउन अनुरोध गरिन्छ ।’ सुचनामा संक्रमणबाट सुरक्षीत रहनका लागि कुनै पनि स्थानमा जमघट, जात्रा, पर्व, मेला, महोत्सव नमनाउन तथा त्यस्ता ठाउँहरुमा उपस्थित नहुन समेत अनुरोध गरिएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.