युवा भेलामा केन्द्रीय ईन्चार्ज बस्नेतले भन्नुभयो, 'बाघ झै कराउनेहरु बिरालो झै म्याउँ गर्नु परेकोे छ' - Crazysaptahik.com

युवा भेलामा केन्द्रीय ईन्चार्ज बस्नेतले भन्नुभयो, ‘बाघ झै कराउनेहरु बिरालो झै म्याउँ गर्नु परेकोे छ’

ईस्वर दुलाल
पथरी शनिश्चरे – युवा संघ नेपाल पथरी शनिश्चरे नगर कमिटिको आयोजनामा अगुवा युवा भेला तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । युवा संघ नेपाल पथरी शनिश्चरे नगर कमिटि अध्यक्ष किसन राईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा पुर्ब मन्त्री तथा युवा संघ नेपालका केन्द्रीय ईन्चार्ज महेश बस्नेत रहनु भएको थियो ।

युवा संघ नेपाल पथरी शनिश्चरे नगर कमिटिका सह–सचिव हेमन्त ओझाको स्वागत मन्तब्य संगै शुरू भएको कार्यक्रममा बोल्दै नेता बस्नेतले भन्नु भयो, ‘पद र कुर्सिका लोभमा देश झन्डै सङ्कटमा परेको कुरा जिकीर गर्नुभयो । पद र कुर्सि नपाएपछि राष्ट्रलाई नै अप्ठारो परिस्थीतिमा धकेल्ने तरीकाको परिस्थीति सिर्जना भयो प्रधाानमन्त्री ओलीले देशलाई दलाल बाट बचाउन जनताको साथ बाट सफल हुनुभयो । उहाले मुर्चिएका सपनाहरुलाई बिउजाउने काम गर्नुभयो । राष्ट्र्यि अखण्डताका बिषयमा महत्त्व पूण भूमिका खेल्नुभयो ।’

उहाँले कुरा थप्दै भन्नुभयो, ‘फुट्दा ठुलो आवाज आएको महसुस हुन्छ, त्यसमा आत्तीनु पर्र्दैन नेपालको कम्युष्ट आन्दोलनलाई सिङ्गो युवाहरुले थेग्न सक्छन् साथै नेपालको कम्युष्टले सफल नेत्रीत्व प्राप्त गरेको छ । सम्मानिय अदालत लाई धन्यवाद दिदै बस्नेतले भने, ‘बाघ झै ङर्र्र्य गर्नेहरु  बिराले झै म्याउँ गर्नु परेकोे छ ।’

 

कार्यक्रमको समापनमा युवा संघ नेपाल पथरी शनिश्चरे नगर कमिटि अध्यक्ष राईले भन्नु भयो, ‘देशको संम्बृद्धको लागि ल्याएको नारा “समृद्ध नेपाल सुखी नेपाली”का लागी हामी युवाहरुको साथ सधै रहने र सो सपना साकार पार्नका लागि हामी युवाहरु सधै तत्पर रहने र एक भएर अधि बड्नु पर्ने कुरामा जोड दिनु भयो ।

 

कार्यक्रममा संघका सह–अध्यक्ष किरण पौडेल, उपाध्यक्ष रविन थापा, क्षितिज थेवे , सह–अध्यक्ष किरण पौडेल, उपाध्यक्षदय रबिन थापा, क्षितिज थेवे, सचिव सीता सुवेदी, कोषाध्यक्ष मुकेश बुढाथोकी, केन्द्रीय सदस्यदयहरु भुपाल श्रेष्ठ, जितेन्द्र थापा, अन्जु सिग्देल, मनि लिम्बु, भक्त राई, बिनु राना लगायत पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्तिथी रहेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.