कोठेबारी महिला समूहद्वारा सिलाई कटाई तालिम - Crazysaptahik.com

कोठेबारी महिला समूहद्वारा सिलाई कटाई तालिम

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे–५ मा अवस्थित कोठेबारी महिला समूह मार्फत् महिलाका लागि ३ महिने सिलाई कटाई तालिम सुरु भएको छ ।

नगर उपप्रमुख यमुना विष्ट बास्तोलाले तालिमको उद््घाटन गर्दै गाउँवस्तीका महिलाहरु पनि उत्तिकै मात्रामा सक्षम भई आयआर्जन गरेर स्वनिर्भर वन्नु आजको आवश्यकता भएको चर्चा गर्दै सहभागीलाई उत्प्रेरित गर्नुभयो ।

कार्यक्रममा समाजसेवीहरु विनय तिम्सिना, एलबी भण्डारी सहितले मन्तव्य व्यक्त गर्नुभयो । कार्यपालिका सदस्य तिलबहादुर धिमालको समेत उपस्थिती रहेको कार्यक्रमको समूह अध्यक्ष राधिका खनालको अध्यक्षता रहेको थियो । नगरपालिका कार्यालयमार्फत महिला लक्षित कार्यक्रमको १ लाख बजेटमा कार्यक्रम सुरु भएको हो ।

सम्बन्धित खवर