अनेरास्ववियुले निर्मांण गर्दै गरेको जेब्रा क्रसिङमा नेविसंघको हस्तक्षेप - Crazysaptahik.com

अनेरास्ववियुले निर्मांण गर्दै गरेको जेब्रा क्रसिङमा नेविसंघको हस्तक्षेप



क्रेजी संवाददाता
पथरी ।
नेकपा एमाले निकट अनेरास्ववियुले निर्माण गरेको जेब्राक्रसिङमा नेपाली काङग्रेस निकट विद्यार्थी संगठन नेवि संघले हस्तक्षेप गरेको छ ।
पथरी बहुमुखी क्याम्पस अगाडिको सडकमा अनेरास्ववियुले चलाएको जेब्राक्रसिङ निर्माण अभियानमा नेवि संघका नेताहरुले हस्तक्षेप गरेको हो । अनेरास्ववियुले आचारसंहिता विपरित अभियान चलाएको भन्दै नेवि संघले विरोध गरेको नेविसंघका नेताले बताएका छन् ।

क्याम्पस हाता बाहिर आचासंहिता लागू नहुने त्रिभुवन विश्व विद्यालयको आचासंहिता पत्रमा उल्लेख गरिएको छ ।

अनेरास्ववियु पथरी बहुमुखीले बिहान ७ बजेदेखि अभियान संचालन गरेको र कार्य सम्पन्न हुन थोरै समय रहँदा आचारसंहिता भन्दै नेवीसंघले हस्तक्षेप गरेको अनेरास्ववियुका नेता उज्जल लकान्द्रिले जानकारी दिए । उनले भने त्रिभुवन विस्व बिध्यालयले जारि गरेको आचासंहितालाई आत्मा साथ गर्दै सडकमा सवारी साधनको आवतजावतले विद्यार्थीलाई असहज भएकाले जेब्राक्रसिङको निर्माण गरेका हौँ । नेता लकान्द्री पथरी बहुमुखी क्याम्पसका सम्रग्र विद्यार्थीको हक हितका निम्ती सधै लड्ने नेता हुन् ।

 

हस्तक्षेप पछिको भिडियोः

सम्बन्धित खवर