पथरी शनिश्चरे नगरपालिकामा दादुरा–रुबेला खोप अभियान - Crazysaptahik.com

पथरी शनिश्चरे नगरपालिकामा दादुरा–रुबेला खोप अभियान

क्रेजी संवाददाता
पथरी । देशव्यापी रूपमा दादुरा–रुबेला विरुद्धको खोप अभियान आजदेखि सुरु भएको छ । सरकारले दादुरा–रुबेला खोप अभियान आजदेखि चैत ७ गतेसम्म सञ्चालन गर्ने भएको हो ।

मोरङको पथरी शनिश्चरे नगरपालिकामा दादुरा रुबेला खोप अभियान २०८० मा पहिलो दिन आज जम्मा ३ हजार ९ सय २७ जनाले खोप लगाएका छन् ।
नगरको १० वटा खोप केन्द्रबाट खोप अभियान सञ्चालन गरिएको थियो । जसअन्तर्गत वडा नं. १ को भूपू सैनिक स्कुलमा ५ सय ६९ जना, वडा नं. २ को वाल्मीकि स्कुलमा १ हजार ७० जना, वडा नं. ३ को सामाजिक आविमा १ सय ९६ जना, वडा नं. ४ को भागिरथ माविमा ३ सय ५० जना, वडा नं. ५ को सुगाहाट माविमा ५ सय १५ जना, वडा नं. ६ को दुर्गा आविमा २ सय ३८ जना, वडा नं. ७ बालकल्याण माविमा १ सय ८७ जना, वडा नं. ८ को बुद्ध माविमा ३ सय ४८ जना, वडा नं. ९ को सिंहवाहिनी माविमा २ सय ८३ जना र वडा नं. १० को जालपा आविमा १ सय ७१ जनाले खोप लगाएको स्वास्थ्य शाखा सह–संयोजक एकराज खत्रीले जानकारी दिनुभयो ।
खोप अभियानको अनुगमनमा पनि गरिएको थियो । नगरको स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, एकराज खत्री, वडा अध्यक्षहरु कृष्णबहादुर थापा, चेतेन्द्र खड्का, विजय लिम्बु कार्यपालिका सदस्य तथा वडा सदस्यहरु लगायत रहनुभएको थियो ।
दादुरा–रुबेला खोपको पथरी शनिशचरे नगरपालिको लक्ष्य २० हजार ५ सय १२ रहेको छ । पहिलो दिनको प्रगति ३ हजार ९ सय २७ रहेको छ भने प्रगति प्रतिशत १९% भएको छ । नगरको यस अभियानमा नियमित खोप लागाउँदा छुट्न सक्ने बच्चाकोहरुको समेत खोजी गरी खोप प्रदान गरिराखिएको छ ।

सम्बन्धित खवर