
क्रेजी संवाददाता
पथरी। मोरङको पथरी शनिश्चरे नगरपालिकामा ‘डिलाइट जल उद्योग’ सञ्चालनमा आउने भएको छ।
पथरी शनिश्चरे–२ पञ्चायत पूर्वपट्टि स्थापना गरिने उक्त उद्योगको पहिलो चरणको निर्माण कार्य द्रुत गतिमा अघि बढिरहेको छ।
‘डिलाइट बेभरेज प्रा.लि.’को करिब ३ करोड रुपैयाँ लगानीमा सञ्चालनमा ल्याइने सो उद्योगले प्रतिघण्टा २ हजार लिटर पानी उत्पादन गर्ने जनाएको छ। कम्पनीका प्रतिनिधि राजेन्द्र बस्नेतका अनुसार उद्योग सञ्चालनमा आएपछि स्थानीयस्तरमा रोजगारी सिर्जना हुनुका साथै स्वच्छ खानेपानीको उपलब्धता पनि सहज हुने अपेक्षा गरिएको छ।


