
क्रेजी संवाददाता
पथरी । श्रम संस्कृति पार्टी पथरी शनिश्चरे नगर कमिटीले श्रमदान कार्यक्रमलाई निरन्तरता दिइरहेको छ ।
हरेक शनिबार नगरका विभिन्न स्थानमा पुगेर कहिले बाटो मर्मत, कहिले पुल निर्माण तथा विपन्न परिवारका लागि घर निर्माणजस्ता कार्यहरू श्रमदानमार्फत् सम्पन्न गर्दै आएको नगर कमिटीका कोषाध्यक्ष पर्वत चाम्लिङ राईले जानकारी दिए ।
शनिबार पथरी शनिश्चरे नगरपालिका वडा नं. २ अन्तर्गत लाटी खोलामा जीर्ण अवस्थामा रहेको बाँसको पुललाई श्रमदानमार्फत् पुनः निर्माण गरी नयाँ स्वरूप दिइएको छ ।
यसैगरी, वडा नं. ४ निवासी चन्द्रको घर निर्माण कार्य पनि श्रमदानबाट सम्पन्न गरिएको जनाइएको छ । निर्वाचन सम्पन्न भइसकेपछि पनि श्रम संस्कृति पार्टीले सामाजिक उत्तरदायित्व वहन गर्दै श्रमदान कार्यक्रमलाई निरन्तर रूपमा अघि बढाइरहेको छ ।


