मकैमा दाना नलागेपछि कृषकहरु चिन्तित - Crazysaptahik.com

मकैमा दाना नलागेपछि कृषकहरु चिन्तित

क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरीशनिश्चरे ५ का किसानहरु मकैमा दाना नलागेपछि चिन्तित बनेका छन् । रमेश कविरतले लगाएको करिब चार बिगाह जमिनमा लहलह परेका मकैमा घोघा लागे पनि मकैका दाना भने छैन । कुनै कुनै मकैका घोघामा दाना लागे पनि (थोते) पातलो मकै फलेको छ ।

सुनसरी भुटाहाको ब्रहम कृषि केन्द्रबाट उन्नत जातको मकै भनेर ल्याएर रोपेको मकै घोघा मात्रै रहेको छ । ३ जनाको मकै ल्याएर रोपेकोमा ९०८१ मकैमा भने फल लागेको छैन । खेतमा मकै खाने बेला भएपछि मकै भाच्दा घोघामात्रै भेटिएको छ । कविरतले पाइनर, ११४४ र ९०८१ जातका मकै रोपेका थिए ।

पथरीशनिश्चरे ५ का मोहन थापाको खेत ठेक्कामा मकै खेति गर्दै आएका कविरतले ३ लाखको लगानिमा मकै रोपेका हुन । एक विघा जमिनको ३० मन धान सट्टामा खेति गर्दै आएका कविरतलाई मकैमा फल नलागे पछि साउलाई धान कसरी तिर्ने भन्ने चिन्ता छ । एक मनको हजार बाह्रसय दरले बिक्री हुदै गरेको मकै नफल्दा किसानलाई ठूलो मार्का परेको छ ।

 

सम्बन्धित खवर